• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

आज मोदीको जन्मदिन : ओलीले दिए नेपाली बाहेक अन्य ३ भाषमा यस्तो शुभकामना


भाद्र ३१, काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ६९ वर्ष लागेका छन्।  मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको गुजरातमा भएको हो।

मोदीको जन्मदिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न तीन भाषामा जन्मदिनको शुभकामना व्यक्त गरेका छन्। मोदीको जन्म दिनमा ओलीले नेपाली बाहेक गुजराती भाषामा, हिन्दीमा र अंग्रेजी भाषामा मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् ।

ओलीले ट्वइटरमा लेखेका छन्,  ”प्रधानमन्त्री श्री नरेन्द्र मोदी जीलाई तपाईको शुभ जन्मदिनको हार्दिक बधाई। म तपाईलाई स्वास्थ्य, सुखी जीवन र दीर्घायु चाहान्छु।

म विश्वस्त छु कि हामी दुवै मिलेर बहुपक्षीय नेपाल भारत सम्बन्धलाई सुदृढ पार्न कार्य जारी राख्नेछौं।”

१३ वर्ष गुजरातको मुख्य मन्त्रीका रुपमा रहेका मोदी भारतको १४ औं प्रधानमन्त्रीको रुपमा भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्री बनेका थिए। २६ मे २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेका मोदीले पाँच वर्षे कार्यकाल पूरा गरी दोस्रो कार्यकालका लागि काम गरिरहेका छन्।

प्रकाशित मिति : २०७६ भाद्र ३१ गते मङ्गलवार