• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

काभ्रेमा चार वटा हेलिकप्टर आकस्मिक अवतरण


भाद्र ३१, काभ्रे । मौसम खराबीका कारण लुक्लाबाट काठमाडौँ उडेका चारवटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएका छन् ।

मनाङ्ग एयर, सिम्रिक, कैलाश एयरका ४ वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका हो । बाक्लो हुस्सु र कुहिरोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान तथा अवतरण अबरुद्ध भएकाले चार वटै हेलिकप्टर काभ्रेमा अवतरण गर्नु परेको हो ।

विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले तीन किलोमिटर मात्र भिजिबिलिटी भएकोले सबै उडान तथा अवतरण ठप्प पारिएको बताएका छन् । यसअघि कोटेश्वर आइपुगेको कतार एयरको विमान पनि डाइभर्ट गर्नुपरेको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र ३१ गते मङ्गलवार