• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

राप्ती नदिमा डुबेर एक युवक बेपत्ता


बिदुर एमसी भाद्र ३१, दाङ । सोमबार अपरान्ह ४ बजेपछि दाङको देउखुरी भालुवाङ्गका एक २४ वर्षका युवक राप्ती नदिमा डुबेर बेपत्ता भएका छन् ।भालुवाङ पुरानो बजारकाे गाउँमा बस्ने खगेन्द्र बुढाथोकीका छाेरा वर्ष २४ का सुरेश बुढाथोकी नजिकैको राप्ती नदिमा पौडिने क्रममा बगेर बेपत्ता भएको पारिवारिक भनाइलाई उद्धित गर्दै इलाका प्रहरी कार्यालय भालुवाङ्गले जानाएकाे छ ।

नदि पारी अर्घाखाँचीको लाहापे गाउँबाट आउने क्रममा भालुवाङ्ग स्थित नेपाल राष्ट्रिय माविदेखि लाहापे जाने झोलुङ्गे पूलदेखी केहीमाथीबाट आफ्ना अन्य साथीहरूलाई मोबाइल र कपडा दिएर पौडेर पारि जान्छु भन्दै नदिमा पौडिन गएको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ ।

सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरुको संयुक्त रूपमा उनको खोजी कार्य भइरहेको बताइएकाे छ ।नदिमा केही दिनदेखि बाढी आएकोले खोजी कार्यमा केही समस्या भएको श्रोतले बताएको छ ।

फोटो फाइल

प्रकाशित मिति : २०७६ भाद्र ३१ गते मङ्गलवार