• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सिम्ता गाउँपालिकामा अति विपन्न परिवारलाई सोलार वितरण


इन्द्र बुढाथोकी/ असाेज १, सल्यान । सुर्खेतको सिम्ता गाउँपालिका -६ मा विपन्नता परिवारलाई सोलार सेट वितरण गरिएकाे छ । अती विपन्न घर परिवारको एकिन गरि वडा कार्यालयले सोलार वितरण गरेको ६ नम्बर वडा अध्यक्ष राजेन्द्र सिहले बताए ।

६ नम्बर वडा  निवासि सीता बादी, कविता महर, तारा कामी, गृम बहादुर विक, लिलमा बादी, हिम बहादुर बुढा र गोमा देवि बादी गरि १६ ङरपरिवारलाई मंगलबार एक कार्यक्रमका बीच ५१ वाटको सोलार वितरण गरिएको हाे । वडा अध्यक्ष सिंहकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी सिम्तागाउपालिका  प्रमुख प्रशासकीय अधिकृत जनक बहादुर हमाल लगाएत अन्य जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा सोलार वितरण कार्यक्रम आयोजना गरिएको थिए ।

त्यसैगरी गरिबीको रेखामुनि रहेका अति विपन्नता परिवारको नामङ्कन तथा रेखाङ्कन गरि गाउँपालिकाका प्रत्येक वडामा १० सेटका दरले ९६ सोलार सेट वितरण भएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिए । सिम्तामा गरिबीको रेखामुनि रहेका नागरिकलाई जीवन पद्धति परिवर्तन गरि माथी उठाउने गाउँपालिकाको प्रमुख लक्ष्य अनुरुप यो काम गरिए अध्यक्ष केसीले बताएका छन ।

फाइल फाेटाे

प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार