• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

मोदी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुने भएपछि बिल गेट्सको आलोचना


असाेज १, भारत । सन् २०१४ मा भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदी यसवर्ष दोस्रोपटक प्रधानमन्त्रीमा चुनिएका छन्

प्रधानमन्त्री बनेयता नरेन्द्र मोदीले दर्जनौं विश्वस्तरीय पुरस्कारहरु पाइसकेका छन्। हाल मोदी अर्को एक विश्वस्तरीय अवार्डबाट सम्मानित हुँदैछन्।

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिलगेट्सको बिल एण्ड मेलिण्डा गेट्स फाउन्डेसनले मोदीलाई ‘ग्लोबल गोलकिपर अवार्ड’ प्रदान गर्न लागेको हो।

तर फाउन्डेसनको यस घोषणासँगै विश्व समुदायका चर्चित विज्ञ, वकिल, मानवअधिकारकर्मी तथा समाजसेवीले फाउन्डेसनको चर्को आलोचना गरेका छन्।

सेप्टेम्बर २४ अर्थात् यसै महिना मोदीलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ। यस अवार्ड प्रधानमन्त्रीको ‘स्वच्छ भारत’ अभियानलाई लक्षित गरेर दिन लागिएको जनाइएको छ।

भारत सरकारले यस अभियान अन्तर्गत देशभरी लाखौं शौचालय निर्माण गर्ने र यसले भारतीय जनतामा स्वच्छताको लागि जागरुकता बढाउने दाबी गरेको छ।

यद्यपी विश्वभरबाट यस कार्यको आलोचना भएको छ। विज्ञहरुले मोदीलाई पुरस्कार दिन नहुने तर्क गरिरहेका छन्।

सन् १९७६ मा नोबेल शान्ति पुरस्कार पाएका मेरिड मेग्वेरले गेट्स फाउन्डेसनलाई पत्र लेख्दै भनेका छन्,‘फाउन्डेसनले मोदीलाई पुरस्कार दिने भनेर गरेको निर्णय सुनेर हामीलाई दुख लागेको छ। नरेन्द्र मोदीको पालामा भारत घातक र खतरनाक स्थितीमा पुगेको छ। त्यहाँ मानवअधिकार र लोकतन्त्र लगातार कमजोर हुँदै गएको छ।’

मोदीले कस्मिरमा मानवअधिकार उल्लंघन गरेको, उसकै कारण अल्पसंख्यक मुसलमानको अस्तित्व खतरामा परेको मग्वेरले उक्त पत्रमा उल्लेख गरेका छन्। बीबीसीहिन्दीका अनुसार उनले पुरस्कार दिनेबारेमा पुनर्विचार गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार