• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

पक्राउ परेकामध्ये गृहमन्त्रीका भाइ रिहा, अन्य ६ जना जेल चलान


असाेज १, काठमाडौं । गहृमन्त्री रामबहादुर थापा (वादल)का साइला भाइ नरेश थापा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहसपछि थापालाई १ लाख धरौटीमा रिहा गरेको हाे ।

दुई वर्षअघि राजधानीमा भएको शरदकुमार गाैचन ह’त्या’का’ण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा थापा पक्राउ परेका थिए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रहेका गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो ।

उक्त ह’त्याका मुख्य योजनाकार गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दाबी थियो । बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका सात जनामध्ये नरेशलाई अदालतले धरौटीमा छोड्न आदेश दिएको हो।

अदालतका अनुसार धरौटी बुझाएर नरेश बुधबार नै थुनामुक्त भएका हुन्। सो प्रकरणमा पक्राउ परेका अन्य ६ जनालाई भने अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट थुनछेक बहस सुरू भएको थियो। बुधबार बहस सकिएपछि थापालाई धरौटीमा छाड्ने आदेश भएको अदालतले जनाएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार निर्माण व्यवसायीलाई फोन गरेर ‘पैसा नदिए जे पनि हुने’ भन्दै धम्की दिने कार्यमा नरेश जोडिएका थिए। उनीमाथि आपराधिक लाभ लिने प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो।

दुई वा दुईभन्दा बढी व्यक्ति व्यक्तिको संलग्नतामा अपराध भएको देखिए प्रहरीले संगठित अपराधमा मुद्दा अदालत लैजाने गरेको छ।

विभिन्न २५ जना ठेकेदारलाई धम्क्याएर पैसा मागेको उजुरी गृह मन्त्रालय हुँदै प्रहरीसम्म पुगेको थियो। ब्युरोले एक महिनाअघि पवन खड्का र सुरेन नगरकोटीलाई राजधानीबाट पक्राउ गरेको थियो। पक्राउ परेकाले गृहमन्त्रीका भाइ पोलेपछि उनीविरुद्ध नै मुद्दा लगिएको ब्युरोले जनाएको छ।

गुन्डा नाइके समीरमानसिंह बस्नेत दुई वर्षअघि निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन ह’त्यामा केन्द्रीय कारागार सुन्धारामा छन्। गृहमन्त्रीका भाइ नरेशले तिनैसँग मिलेर ठेकेदारलाई धम्क्याएको प्रहरीको भनाइ छ।

समीरमान जेलभित्रैबाट गैरकानुनी असुलीमा आफ्नो समूह प्रयोग गरिरहेको सूचना पाएपछि प्रहरीले खड्का र नगरकोटीलाई पक्राउ गरेको थियो। उनीहरूले गृहमन्त्रीका साइँला भाइ नरेशको नाम लिएका थिए।

 

प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार