• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङमा मोटरसाईकल दुर्घटनामा परी सल्यानका एक युवक अर्धचेत अवस्थामा फेला


असाेज १, दाङ । दाङमा मोटरसाईकल दुर्घटनामा परेर सल्यानका एक युवक गम्भिर घाइते भएका छन् । सल्यानको शिद्धकुमाख गाउँपालिका–३ फल्याँटाका १८ वर्षीय हेमराज रेउले आफैले चलाएको मोटरसाइकल पल्टिदा गम्भिर घाइते भएका हुन् ।

बुधबार दिउँसाे ३ बजेतिर दाङकाे तुलसीपुर उपमहागनरपालिका –२ भमकेखोलाको पुल छेउमा दुर्घटना ग्रस्त अवस्थामा रा १ प २६५२ नम्बरको मोटरसाईकल सहित उनि भेटिएका थिए । स्थानीयले मोटरसाईकल एकाति र चालक अर्कोतर्फ ढलेको अर्धचेत अवस्थामा देखेपछि बालापुर प्रहरीलाई खबर गरेका थिए ।

उनकाे तत्काल पहिचान नखुलेपनि प्रहरीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको थियाे । बेहाेस् भएका उनकाे पछि परिचय पत्रका आधारमा ठेगाना खुलेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते रेउलेको राप्ती प्रादेशिक अस्पतला तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार