• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको त्रिवेणी गाउँपालिका स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न


असोज २, सल्यान । संविधान दिवसको अवसरमा आज सल्यानको त्रिवेणी गाउँपालिकाले आधारभुत विद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना र सरस्वती आधारभुत विद्यालय ठुलाचौरको संयोजनमा भएको प्रतियोगीतामा गाउँपालिकाका १२ वटा विद्यालयको सहभागीता रहेको थियो ।

प्रतियोगितामा सरस्वती आधारभुत विद्ययालय ठुलाचौर प्रथम, सल्यान पब्लिक बोर्डिङ लुहाम दोस्रो, आधारभुत विदुयालय दाङ्चुली तेस्रो र ज्ञानजोती बोडिङ स्कुल लुहाम सान्तोना भएका छन् । प्रतियोगितामा प्रथमलाई १५ सय, दोस्रोलाई १२ सय, तेस्रोलाई ९ सय र सान्तोनालाई ६ सय पुरस्कार वितरण गरिएको थियो ।

वडा नम्बर १ ठुलाचौरमा रहेको सरस्वती आधारभुत विद्यालयको प्राङ्गनमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुण खड्का, प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी, १ नम्बर वडा अध्यक्ष छविलाल खत्री, गाउँ शिक्षा शाखा प्रमुख दल बहादुर राणा लगाएतको सहभागीता रहेको थियो । विव्यस अध्यक्ष रुद्र कुमार पुनको सभा अध्यक्षतामा भएको कार्यक्रमको संचालन खुम बहादुर परियारले गरेको शिक्षक टेक बहादुर पुनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार