• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

अफगानिस्तानमा फेरि तालिबानी हमला: ३० जनाको मृ’त्यु, ९५ घाइते


असाेज २, काबुल । दक्षिणी अफगानिस्तानस्थित तालिबानी समूहले फेरि हमला गरेको छ । जहाँ ३० जना मारिएका छन् । अरु ९५ जना घाइते छन् ।

अमेरिकाले वार्ता स्थगित गराएपछि हरेक दिन तालिबानी समूहले आक्रमण गर्दैआएको छ । बिहीबार जाबुल प्रान्तको राजधानी कलातमा ट्रक बम हमला भएको हो ।

रक्षा मन्त्रालयका अधिकारीहरुका अनुसार तालिबानी लडाकुहरुले सरकारको सुरक्षा निकायमाथि आक्रमण लक्षित गर्दैथिए । घाइतेहरुलाई नजिकैका अस्पतालमा उपचारका लागि लगिएको स्थानीय मिडियाले जनाएका छन् । घाइतेमा बालबालिका र महिलाहरु पनि छन् ।

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार