• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

किन रोकियो संसदमा प्रधानमन्‍त्रीको सम्बोधन ?


असाेज २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट देशवासीका नाममा गर्ने भनिएको सम्बोधन रोकिएको छ।

बिहीबार बिहान प्रधानमन्त्रीले दिउँसो साढे २ बजे गर्ने भनिएको सम्बोधन शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भएकाले स्थगित भएको उनको निजी सचिवालयले जनाएको छ ।

बिहीबार प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधनसँगै दुबै सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको थियो । चालु अधिवेशनको अन्तिम दिन आज संसद्मा प्रतिनिधित्व गर्ने नेताले सम्बोधन गर्ने कार्यक्रम थियो ।

प्रधानमन्त्रीले सम्बोधन नगर्ने भएपछि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सम्बोधन गर्ने तय भएको छ ।

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार