• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

पहिरोले रुख ढल्दा सल्यान सदरमुकामको विद्युत अवरुद्ध


असोज २, सल्यान । सल्यानमा पहिरोले रुख ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाको सदरमुकाम खलंगा आउने लाइनमा बुधबार राती वर्षा सँगै आएको पहिरोले रुख ढल्दा सेवा अवरुद्ध भएको हो ।

श्रीनगरमा रहेको सवस्टेशन देखि खलंगा आउने लाइनको दुई किलोमिटर अगाडी भिरमा पहिरोले २ वटा सल्लाका रुख ढाल्दा विद्युतको तार चुडिएर सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले जनाएको छ । जसका कारण करिब एक किलोमिटरको दुरिमा रहेका ५ वटा पोलका तार चुडिएका छन् ।

रुख पन्छ्याएर लाइन सुचारु गर्न आज बिहानैदेखि काममा खटिएपनि अहिलेसम्म सुचारु हुन नसकेको प्राधिकरणका सुपरभाइजर राजु अधिकारीले लेकाली अनलाइनलाई बताए । उनका अनुसार अहिलेसम्म रुख पन्छ्याएर २ वटा पोलको तार जडान गरिसकेको र अब ३ वटा पोलको काम बाँकी रहेको छ ।

भिरको ठाउँ भएकोले काम गर्न मुस्किल भएको उनले बताए । राती अबेरसम्म काम सम्पन्न हुनेगरी लागिपरेको उनको भनाई छ । यो क्षेत्रमा लाइन अवरुद्ध भएपछि सदरमुकाम खलंगा सँगै शारदा नगरपालिकाका ७ वटा वडा र बनगाड कुपिण्डे नगरपालिकाका २ वटा वडाका सेवाग्राही बिहानैदेखि मारमा परेका छन् ।

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार