• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

१४ हजारका लागि मुद्धा लड्दा ४३ लाख स्वाहा भयाे


असाेज २, बेलायत । तीन वर्ष पहिले ७१ वर्षीय रिचार्ड कीडवेलको साथमा निर्धारित गतिभन्दा बढि सवारी चलाएको आरोपमा सुचना आयो । जसमा १०० पाउण्ड अर्थात १४ हजार नेपाली रुपैया जरिवाना लागेको थियो । उनिलाई ४८ किलोमिटर प्रतिघण्टाको स्पिड निर्धारण गरिएको ठाउँमा ५६ किलेमिटर प्रतिघण्टाको स्पिडबाट सवारी चलाएको आरोप लागेको थियो ।

रिचार्डलाई विश्वास लागेको थियो की उनले गति सीमालाई उल्लङ्घन गरेका छैनन् । उनले सुचनालाई वास्ता गरेनन् । यसपछि सन् २०१६ मा भएको यस केसलाई उनले तीन वर्षसम्म अदालतमा मुद्धा लड्दै आएका थिए । जसमा उनको ४३ लाख रुपैया खर्च हुन पुग्यो । यसका लागि उनले करीब २९ लाख वकिललाई बुझाए भने अन्य खर्च अदालतको शुल्क लगायतमा खर्च भएको हो ।

कीडवेलले प्रहरीलाई बताए की, उनी मुद्धाको कुनै जवाफ दिन चाहँदैनन् । अदालतमा उनको वकिलले बताए अनुसार जुन क्यामराले गति मापन गरिएको थियो त्यो उनी नजिकै चलिरहेको थियो । त्यस क्यामराको रेकर्डिङ पनि गलत हुन सक्ने वकिलले जिकिर गरेका छन् । सन् २०१८ को परिवहन आँकडा अनुसार ४६ किलोमिटर प्रति घण्टा भन्दा बढि गतिमा आधा भन्दा बढि चालक सवारी हाँक्ने गर्छन् ।

एजेन्सी

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार