• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

वडा कार्यालयकाे सुरक्षामा खटिएका प्रहरीबाटै १२ वर्षीया बालिकामाथि बला’त्कारको प्रयास


असाेज २, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ रुमस्थित वडा कार्यालय सुरक्षार्थ खटिएका प्रहरी चौकी त्रिपुराकोटका एक हवल्दाले बालिका बलात्कारको प्रयास गरेका छन् । त्रिपुराकोटका ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जिसिले १२ वर्षीया बालिकालाई जवरजस्ती बलात्कार प्रयास गरेको हो।

त्रिपुरासुन्दरी नगरपालिका २ की कक्षा ७ मा अध्यायनरत १२ वर्षीया अनुजा थापालाई असोज १ गते राती ८ बजेतिर मदिरा सेवन गरेर जवरजस्ती बलात्कार प्रयास गरेको पीडितका आफन्तले प्रहरी चौकीमा निबेदन दिएका छन्।

पीडित पक्षले निवेदन दिएलगत्तै आरोपित प्रहरी हवल्दार जिसिलाई असोज १ गते रातीनै जिल्ला प्रहरी कार्यालय दुनैमा पठाएको छ । आरोपितलाई रातारात जिल्ला पठाइएको भन्दै यता रुम गाउँका स्थानीयले बिहिबार प्रहरी चौकी घेराउ गर्दै ढुङ्गामुढासमेत गरेका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख नाराययण रन्जितकारले बलात्कार प्रयासका आरोपितलाई पक्राउ गरि जिल्ला ल्याइसकिएको बताएका छन् ।

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार