• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा संविधान दिवस : र्यालीमा कर्मचारी र जनप्रतिनिधि, जनतामा उत्साह छैन् !


असोज ३, सल्यान । देशभरी जस्तै संविधान दिवस सल्यानमा पनि मनाइएको छ । विहान सदरमुकाम खलंगाको पुरानो बसपार्कबाट र्याली सुरु गरेर दिवस मनाइएको हो । बसपार्कबाट सुरु भएको र्याली डाँडागाउँ, जोरपिपल, सशस्त्र ब्यारेक स्थित खलंगा–श्रीनगरको मुख्य रोडबाट पुनः पुरानो बसपार्क आएर जिल्ला समन्वय समितीको सभाहलमा पुगी कार्यक्रममा परिणत भएको थियो ।

यसरी २ किलोमिटर भन्दा धेरैको दुरीमा र्यालीमा स्थानीय स्तरबाट नागरिकको सहभागीता खासै देखिएन् । र्याली तथा कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागीता भएको थियो ।

किन सहभागी भएनन जनताहरु  

जनताका प्रतिनिधिले पहिलोपटक बनाएको संविधानमाथि चुनौती थपिँदै छन् । संसद् भित्र र बाहिरबाट संविधानमाथिका प्रहार रोकिएका छैनन् । तीन तहकै सरकारका क्रियाकलाप, महँगी, भ्रष्टाचार, करको भार र केन्द्र–प्रदेश–स्थानीय तहबीचको द्वन्द्वले पनि संविधानमाथि कालो बादल निम्त्याउन बल पु¥याएको जानकारहरू बताउँछन् ।

खलंगा स्थित अधिवक्ता सिपी ओली भन्छन्, ‘जनता संविधानकै पक्षमा छन्, तर हिजो राजतन्त्रका विरुद्ध लड्ने जनताहरुले अवसर नपाएर देशमा दलाल, माफिया तथा अवसरवादिकै हालिमुहाली छ । त्यसकारण जनताहरुमा संविधानप्रति आकर्षण घट्दो छ ।’ अर्का स्थानीय विशाल खड्काले पनि देशमा अवसरवादिहरुकै हालिमुहाली चलेकोले जनतामा संविधानप्रति आकर्षण नबढेको बताउछन् ।

तर खलंगाकै सुकदेव कसेराको भने फरक बुझई छ । प्रचारप्रसार कम भएको कारण जनताको सहभागीता नभएको बताउछन् । उनि भन्छन्, ‘सरकारले जनतालाई सहभागीता बनाउन सकेको छैन्, त्यसको लागी सरकार जनताको घरदैलोमा पुग्नुपथ्र्याे ।’

उता दिवसको अवसरमा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर विष्टले संविधनलाई सबैले रक्षा गर्नुपर्ने बताए । उनले संविधानको रक्षा गर्नको लागी संविधान अनुसार जनप्रतिनिधि र कर्मचारीले काम गर्नुपर्ने बताएका छन् । उनले भने, ‘जनताको भावनाअनुसार काम गरेर जनतालाई संविधानको प्रत्याभुती दिनुपर्छ ।’

हेर्नुहाेस् भिडियाे रिर्पाेट


 

प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार