• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यान उद्योग वाणिज्य संघका उपाध्यक्षले बिरामीलाई फलफुल दिएर जन्मदिन मनाए


असोज ३, सल्यान । सल्यान उद्योग वाणिज्य संघका उपाध्यक्ष दिपक बोहराले आफ्नो जन्मदिनको अवसरमा बिरामीहरुलाई फलफुल वितरण गरेका छन् । ३१ औँ जन्मदिनको अवसरमा उनले आज सल्यान अस्पतालमा उपचार्थ बिरामीहरुलाई फलफुल दिएका हुन् ।

अघिल्ला वर्षहरुमा सामान्य तरिकाले जन्मदिन मनाएपनि यो पटक बिरामीहरुलाई फलफुल दिदा खुसी भएको उनले बताए । अस्पतालमा उपचार्थ करिब २५ जना बिरामीलाई फलफुल वितरण गरिएको हो ।

पछिल्लो सममय सल्यानमा अन्य विभिन्न व्यक्तीले आफ्नो जन्मदिनमा केक काट्न छोडेर विभिन्न सामाजिक क्षेत्रमा काम गरेर जन्मदिन मनाउने गरेका छ ।

प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार