• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

संविधान दिवस


  • कमल पराजुली

संविधान दिवस
जुन दिवस दुई हजार चार देखि
पटकपटक मिति फेर्दै
अनेक बाहानामा ,

ठुलाबढाको स्वार्थमा बनाइएको
निश्चित नियमले बाँधेर
अधिकार बिहिन गरिएको
आयो अरे देशमा ,

फेरि त्येही संविधान दिवस ।

सरकारले सार्वजनिक
बिदा दिँदै भन्छ,
गाउँ शहरकुना काप्चा
दिप बालेर ,

हर्ष, उमंगमा
संबिधान दिवस बनाउ ।

आखिर के छ ?
त्यो संविधानको खोस्टो भित्र
हामी गरिबले
खुसी मानेर रमाउन पर्ने ।

राणाले पनि ल्याएका थिए !
राजाले पनि ल्याएका थिए ।
पन्चायतले पनि दिएकै थियो
बहुदल आएपछि पनि सुनियो

हजारौं मान्छे मारियो
त्येही संविधानको
खोस्टो तयार पार्न ।
आखिर के छ र त्यो भित्र ,
हामी रमाउन पर्ने ।

ए सरकार !
पटपटी फुटेका
मेरा बाउका खुट्टामा ,
चप्पल पुगेको छैन ।

बर्षौं पुरानो, मेरि आमाको
फरिया र चोली फेरिएको छैन ।
दाजैलाई पुरानै युद्धको धङधङी छ
मैले राहदानी बोकेर ,

मेनपावर धाउन थालेको धेरै भयो
फिस तिर्न नसकेर मेरो भाई
स्कुलबाट निस्काशीत हुनपर्यो ।

बहिनिले पढेर जागिर पाइन भन्छे
अब भन संबिधानका मतियार
म कसरी मनाउं संबिधान दिवस
कसरी जलाउँ खुसियालीमा दिप ।।

पुर्वमा बिरामिले
सिटामोल नपाएर मान्छे मर्छ
मन्त्री प्रधानमन्त्री बिरामी भए
सिङ्गापुर चाहिएको छ।

कर्णालीमा जनताले
नुन नपाएर छटपटाएका छन
सिंहदरबारभित्र सुन,
चाँदिको ब्यापार हुन्छ।

कालो बजारी , भ्रष्टाचार
अन्याय, अत्याचार , बलात्कार
साहेद यहि होला नया संबिधान ।।

गरिबिलाई आएको राहत
भुकम्प पीडितलाई आएको त्रीपाल
बाढीपीडितलाई आएको रकम

सकाउनेहरु मन्त्री भए ।
अझ भन्छन संबिधान मनाउ।

ए सरकार  

संविधान दिवस मनाउने भए
भ्रष्टाचारिलाई कारबाही गर,
भुकम्प पिडितको
राहत खानेलाई जेल हाल!

बालबालिका महिलाको सुरक्षा
बलात्कारिलाई कारबाही गर ।
चामलको बोराभित्र
बाइबल पठाउनेलाई कारबाही गर

सुस्ताका पिल्डर सार्नेलाई
देश निकाल गर।
कनिका छरेजस्तै
नागरिकता बाढ्न छाडिदिए

नेपाली जनमतलाई
अल्पमत हुनबाट रोकिदिए
देशको सिमा कडाई गर ।

अनि 

म पनि खुसी हुनेछु
सारा नेपाली रमाउने छन्
दिप बाल्ने छन
संविधान दिवस बनाउनेछन

जय देश

प्रकाशित मिती २०७६ असाेज ३ गते

प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार