• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अष्ट्रेलियाको सल्लाहकारमा सल्यानका राजीव नर्शिङ केसी


असोज ३, सल्यान । गिरिजाप्रसाद कोइराला फाउन्डेसन अष्ट्रेलियाको सल्लाहकारमा सल्यानका राजीव नर्शिङ केसी भएका छन् । गिरिजाकी छोरी सुजाता कोइराला अध्यक्ष भएको यो फाउन्डेसन नेपालका विभिन्न जिल्ला विश्वका विभिन्न देशहरुमा विस्तार गरिएको छ ।

अष्ट्रेलियामा पनि विगत केहिवर्ष पहिले स्थापना भएको गिरिजाप्रसाद कोइराला फाउन्डेसनको एकल सल्लाहकारमा केसी चयन भएको फाउन्डेसनका अष्ट्रेलिया अध्यक्ष निल थपलियाले बताए । केसीको घर सल्यानको बागचौर नगरपालिका ८ कोटमौला पर्छ ।

सल्यानमा हुँदा उनले पत्रकारिता सँगै राजनितीक क्षेत्रलाई पनि अगाडी बढाएका थिए । उनले रेडियो सल्यान एफएमको स्टेशन म्यानेजरको पदमा रहेर पनि लामो समयसम्म काम गरेका थिए ।

प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार