• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा विप्लव नेकपाको विद्यार्थी संगठनले शिविर राखेर निशुल्क स्वास्थ सेवा दियो


असोज ४, सल्यान । सल्यानमा विप्लव नेकपाको विद्यार्थी संगठनले निशुल्क स्वास्थ शिविर सम्पन्न गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ झिम्पेमा शुक्रबार शिविरको आयोजना गरिएको थियोे ।

शिविरमा १ सय २० जनाले स्वास्थ्य चेकजाँच गरेको उक्त अखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानका संयोजक कुसलले बताए । स्वास्थ्य चेकजाँच गराउनेमा अधिकांसलाई भाइरल ज्वोरो भएको र उनिहरुलाई अौषधि वितरण गरिएको उनले बताए ।

स्वस्थ शिविरमा ५ जना गम्भीर खालका बिरामी देखिएको र उनिहरुलाई थप उपचार गर्न अस्पताल जान सुझाव दिईएको छ । स्वस्थ्य चेकजाँचमा ३ जना डाक्टर सहभागी थिए भने जाँच गराउने सबैलाई ज्वोरो, रुघाखोकी, डेंगोबाट बन्चको लागि सल्लाह शुझाव दिइएको छ ।

प्रकाशित मिति : २०७६ असोज ४ गते शनिवार