• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

जनपत्रकारले आज बुटवलमा बृहत अन्तरक्रिया कार्यक्रम गर्दै, यी वक्ताहरु आउने


असोज ४, बुटवल । जनपत्रकार संगठन नेपालले आज बिहान साढे ११ बजे बुटवलमा बृहत  मानवअधिकार, प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता विषयक  अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ ।

जनपत्रकार संगठन नेपालको आयोजनामा हुने अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका नेता एव पुर्व मन्त्री अमर पुन, नेकपा क्रान्तिकारी माओबादीका विपिएम एवम् प्रदेश ५ का ईन्चार्ज प्रेम सुवेदी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद भोजप्रसाद श्रेष्ठ, जनअधिकार अभियान नेपालका अध्यक्ष एवम् बरिस्ठ अधिवक्ता एकराज भण्डारी, बामपंथी बुद्धिजीवी एवम् वरिष्ठ अधिवक्ता दिल साहानी,

जनअधिकार अभियान नेपालका उपाध्यक्ष देव बहादुर पौडेल, नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिव रमेश बिष्ट, राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश ५ प्रमुख सम्झना शर्मा, मानवअधिकार तथा शान्ति समाजका बरिस्ठ उपाध्यक्ष गोविन्द खनाल लगाएतको सहभागी हुने संगठनले जनाएको छ ।

पछिल्लो समय मानवअधिकार र प्रेस स्वतन्त्रता कमजोर बन्दै गएको निष्कर्ष सहित संगठनले देशभर अभियान चलाएको थियो । पछिल्लो समय राजनीतिक विचार र आस्थाका कारण नागरिक एवम् पत्रकारहरु धरपकड र गिरफ्तार बढ्दै गईरहेको बेला पत्रकार संगठनले सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

प्रकाशित मिति : २०७६ असोज ४ गते शनिवार