• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

उपनिर्वाचनलाई लक्षित गरि माओवादी र प्रहरीबीच भिडन्त, ६ जनाको मृ’त्यु


असाेज ४, काठमाडाैं । भारतीय माओवादी र प्रहरीबीच फेरी ठुलो भिडन्त भएको छ । उक्त भयानक भिडन्तमा माओवादीलाई भने ठुलो क्षति भएको छ ।

माओवादी प्रभावित क्षेत्र दंतेबाडा, सुकमा र बीजपुरा जिल्लामा प्रहरीसँगका भिडन्तमा माओवादीका कार्यकर्ता मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यही महिनाको २३ तारेखमा दंतबडामा विधानसभाको उपनिर्वाचनको मिति तय भएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा माओवादीका गतिविधि बढेकाले सुरक्षा कारवाही तीव्र पारिएको प्रहरीले जनाएको छ ।

गत अप्रिल ९ मा माओवादी आक्रमणमा भारतीय जनता पार्टीका विधायक भीमा मंडावीको मृ’त्यु भएको थियो । सोही कारण रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचनमा भीमा मंडेवाकी पत्नी ओजस्वीले उम्मेद्वारी दिएकी छिन् भने विपक्षी कँग्रेसले पनि सन् २०१३ मा माओवादीबाटै मारिएका पूर्वगृहमन्त्री महेन्द्र कर्माकी पत्नी देवती कर्मलाई उम्मेद्वार बनाएको छ ।

फाेटाे फाइल

प्रकाशित मिति : २०७६ असोज ४ गते शनिवार