• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

काठमाडाैंमै रक्सी र गाँजा पिएका युवाले रक्तदान गरेपछि…


असाेज ४, काठमाडाैं । राजधानीकाे पशुपतिनाथ नजिकै गौशालामा शुक्रबार दिउँसो आयोजित रक्तदान कार्यक्रमको थियाे । जहाँ युवकहरु रक्तदान गर्न आए ।

तर रक्तदान गरेका केहि युवाहरूले  रक्सी र गाँजा पिएर रक्तदान गरेकाे खुलेकाे छ । रक्सी र गाँजा पिएका केहिलाई भने थाहापाएर रोकियो ।

कसरी थाहा भयाे रक्सी र गाँजा पिएकाे

रक्तदान गरेर आराम मात्र गर्दै थिए एक युवक, तर अचानक ढले । उनलाई रक्तदान कार्यक्रममा उपस्थित स्वयंसेवकहरुले हत्तपत्त उठाए । मेचमा बसाएर पानी पिउन लगाए । युवक एकैछिनपछि तंग्रिए ।

२६ वर्षीय युवकले गाँजा सेवन गरेका रहेछन् । गाँजा सेवन गरेर रक्तदान गरेकाले ढलेका रहेछन् । अर्को युवक रक्तदानका लागि बसे । नर्सले रगत झिक्न सुई लगाउन मात्र लागेकी थिइन् ह्वास्स गनायो ।

नर्सले सोधिन्, ‘के तपाईंले पिउनुभएको छ ?’

ति युवकले जवाफ दिए, ‘विहान हल्का पिएको ।’

नर्सले आफ्ना सिनियरलाई सोधिन्- रक्सी पिएकोले रगत दिन मिल्छ ?

सिनियरले नमिल्ने भन्दै तत्काल रगत संकलनको प्याकेट फिर्ता गर्न लगाए । २१ वर्षका युवक फर्किए ।

युवकहरु रक्तदान गर्न आउँदा रक्सी र गाँजा पिएर आएका थिए । उनीहरुमध्ये केहीले रक्तदान समेत गर्न भ्याए । केहीलाई भने थाहापाएर रोकियो । रक्तदान गर्दा रक्सी र गाँजा पिएकाले कतिपयले रिंगटा लाग्यो भन्दै थिए । जसका कारण बीचैमा रोक्नुपरेको थियो ।

प्रकाशित मिति : २०७६ असोज ४ गते शनिवार