• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

तुलसीपुरबाट एक लाख रुपैयाँसहित दाङ र सल्यानका ८ जना पक्राउ


असाेज ४, दाङ । दाङकाे तुलसीपुर स्थित सल्यानी हाेटलबाट झण्डै एक लाख रुपैयाँ नगदसहित ८ जनालाई प्रहरीले  पक्राउ गरेको छ । हाेटलमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई जुवाकाे खालबाटै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सल्यान घर भएर हाल तुलसीपुरमा सल्यानी होटल सञ्चालन गरी बस्ने ३३ वर्षीय तेज बहादुर रावत,  दाङ तुलसीपुर उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय रमेश रावत छन् । त्यस्तै दाङ शान्तिनगरका २७ वर्षीय सुरेश चन्द, बाँके नेपालगञ्जका ४० वर्षीयछोट्टन राई, दाङकै बबई गाउँपालिकाका २४ वर्षीय नबिन बस्नेत, सल्यानका २६ वर्षीय यम बहादुर पुन, त्यसै ठाउँका २५ वर्षीय आदेश शाही तथा सल्यानकाे कपुरकोट घर भएका २९ वर्षीय को कृष्ण बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले जुवाकाे खालबाट नगद रु ९९ हजार ३ सय ७५ रुपैया ९ थान  मोबाइल तथा २ गड्डी तास समेत बरामद गरेको छ । प्रहरीले उनीहरुलाई शुक्रवार राति  नियन्त्रणमा लिएर शनिवार दिउँसो मात्रै घटना सार्वजनिक गरेको हो । उनीहलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर आवश्यक कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ असोज ४ गते शनिवार