• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

खोलामा डुबेर दाङमा एक बालकको ज्यान गयो


पूर्ण के.सी./ असोज ४, दाङ । दाङमा खाेलामा डुबेर एक बालककाे ज्यान गएकाे छ ।

जिल्लाकाे तुलसीपुर स्थित पातुखोलामा डुबेर एकजना बालकको मृत्यु भएको हाे ।

पौडी खेल्ने क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १० बन्गै निवासी १३ बर्षीय निशान चौधरीको डुवेर मृत्यु भएको दाङ प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ असोज ४ गते शनिवार