• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सरकारलाई अधिकारकर्मीहरुकाे सुझाव- ‘विप्लवमाथिको प्रतिबन्धले देश संकटमा फस्छ’


असाेज ४, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माथि सरकारले लगाएको प्रतिबन्धले देश गम्भीर खतरामा फस्ने अधिकारकर्मीहरूले बताएका छन् । जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिद्वारा शनिबार बुटवलमा आयोजित मानवअधिकार, प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता एवम् वर्तमान राजनीतिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले प्रतिबन्धले देश गम्भीर खतरामा फस्ने भन्दै जिम्मेवार बन्न सरकारलाई सुझाव दिएका छन् ।

कार्यक्रममा सहभागी वक्ताहरूले राजनीति विचार संग असहमति राख्दैमा कुनै शक्तिलाई प्रतिबन्ध लगाउन नहुने समेत बताए । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता एव पुर्व मन्त्री अमर पुनले पछिल्लो समय नेपालमा मानवअधिकार र प्रेस स्वतन्त्रताको अवस्था कमजोर बन्दै गएको टिप्पणी गरेका छन् । ‘एउटा कम्युनिस्ट पार्टीको सरकार छ अर्को कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाईएको छ यो कस्तो कम्युनिस्ट शासन हो ?’ उनलेे प्रश्न गरे ।

नेता पुनले एकअर्को प्रशङ्गमा आफु रोल्पाको बासिन्दा भएकोले माओवादी जनयुद्ध अनुभुती गरेको भन्दै अहिले पनि युद्ध जारी रहेको जस्तो लागेको जिकिर गरेका छन् । युद्धकालमा सरकार र तत्कालीन विद्रोही विच भिडन्त, हत्या बम विस्पोटका समाचारहरु दिनहुँ सुनिएको स्मरण गर्दै अहिले पनि हत्या हिंसा सरकारले चलाउने गरेको ठोकुवा गरे ।

‘एकातिर सविधान दिवसको दिपावली छ, अर्को तिर संविधान जलाएको देखिन्छ, कतै हर्ष उल्लास छ भने कतै आक्रोश छ ! यो कस्तो अवस्था हो ?’ उनलेे सरकारलाई प्रश्न गरे । विकास र समृद्धिको बहस चलाउने सरकार भष्ट्रचार र अनियमितता बारे मौन रहेको उनले बताए । सरकारी तहबाट भष्ट्रचार मौलाएको भन्दै उनले सुशासनकाे अनुभुती नभएकाे बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश ५ का सांसद भोजप्रसाद श्रेष्ठले मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको बिषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । देशमा गणतन्त्र आएको भन्दै उनले कम्युनिस्टले सरकार चलाएको देखिएपनि आफुहरू कम्युनिस्ट जस्ताे नभएकाे बताए । उनले कम्युनिस्ट विचार र आचारण लिएर हिड्न नेता कार्यकर्तालाई हिड्न अनुराेध गरे । नेता श्रेष्ठले ‘हामी कस्तो कम्युनिस्ट बंन्यौ सोच्दा अचम्म लाग्ने गरेको छ’, भने ।

उनलेे एकअर्को प्रशंङ्गमा बोल्दै विप्लव नेकपा माथि राजनीतिक व्यवहार गर्न सरकारलाई अनुरोध समेत गरेका छन् । उनले भने, ‘गणतन्त्र आईसकेको छ, विप्लव जि का असहमतिहरु के के हुन छलफल गर्न सरकार गम्भीर हुनुपर्ने उनको तर्क थियो ।

नेकपा क्रान्तिकारी माओवादीका विपिएम एवम् प्रदेश ५ का ईन्चार्ज प्रेम सुवेदीले सरकारले न्युनतम कम्युनिस्ट आचारण भुलेको भन्दै सरकारको रबैयाले पञ्चायतकालको झल्को दिएको टिप्पणी गरे । ‘एउटा कम्युनिस्ट पार्टीलाई राजनीतिक प्रतिबन्ध लगाईएको छ, यो के हो ?’ उनलेे प्रश्न गरे ।

नेता सुवेदीले गरिबी, भोकमरी, महङ्गी बढेर जनता मारमा परेकाे बताए । सरकारले अनावश्यक कर थोपारिएको भन्दै उनले शिक्षा, स्वास्थ्य र जनताका जनजिवीका ज्युका त्यु भएकाे बताए ।

जनअधिकार अभियान नेपालका अध्यक्ष एवम् बरिष्ठ अधिवक्ता एकराज भण्डारीले मानवअधिकार विधेयकले सरकारले निरङकुसताको अभ्यास गरेको भन्दै यसको बिषयमा सचेत रहन आग्रह गरे ।

कार्यक्रममा बामपंथी बुद्धिजीवी एवम् वरिष्ठ अधिवक्ता दिल साहानी, जनअधिकार अभियान नेपालका उपाध्यक्ष देव बहादुर पौडेल, नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिव रमेश बिष्ट, मानवअधिकार तथा शान्ति समाजका बरिस्ठ उपाध्यक्ष गोविन्द खनाल, नेपाल पत्रकार महासंघका रुपन्देही अध्यक्ष यानेन्द्र जिसी, बरिष्ठ पत्रकार बालकृष्ण चापागाईं ,बामपंथी लेखक एवम् अगुवा बिन बहादुर कुवर, नागरिक समाजका प्रतिनिधि पदम कार्की लगायत पत्रकारहरु, कानुन व्यवसायी, नागरिक समाजका अगुवा, प्रध्यापकहरु लगायतको उपस्थिति रहेकाे थियाे ।

संगठनका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षता रहेकाे कार्यक्रमकाे संचालन महासचिव हिम बिष्टले गरेका थिए भने केन्द्रीय सदस्य शिव डुम्रेले स्वागत मन्तव्य राखेका थिए । पछिल्लो समय मानवअधिकार र प्रेस स्वतन्त्रता कमजोर बन्दै गएको निष्कर्ष सहित संगठनले देशभर अभियान चलाएको थियो ।

पछिल्लो समय राजनीतिक विचार र आस्थाका कारण नागरिक एवम् पत्रकारहरु धरपकड र गिरफ्तार बढ्दै गईरहेको बेला पत्रकार संगठनले सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । संगठनले यस अगाडि मेची देखि महाकाली सम्म ३८ जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरेको थियोे ।

प्रकाशित मिति : २०७६ असोज ४ गते शनिवार