• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानका दुवै मृगाैला पीडितलाई बचाउ दाङका युवाले सुरु गरे सहयाेग अभियान


असोज ५, दाङ । युवा सघ दाङका जिल्ला कमिटी सदस्य तथा युवा समाजसेवी कुष्णसागर ओलीले सल्यान छत्रेश्वरी गाउपालिका- ५ कि दुबै मृगौला पीडित ३५ वर्षिय विन्दु विककाे लागी सहयोगी अभियान सुरु गरेका छन ।

करिब २ वर्षदेखी मृगौला फेल भएर पीडित बनेकी विककाे लागी विन्दु बचाउ अभियान अन्तरगत युबा सघका नेता ओलीले तुलसीपुर क्षेत्र बाट सहयोग अभियान सुरु गरेकाे बताएका छन् ।

पीडितलाई सहयोग गर्नु मानविय धर्म भएका कारण आफुले यो अभियान सुरु गरेको ओलीकाे भनाई छ ।


कुष्णसागर ओली

केही ठाउँहरुबाट सहयोग गर्ने आश्वासन आएको बताउदै उनले यस अभियानमा सबैले सहयोग गर्न समेत आग्रह गरेका छन । यो अभियानमा सहयोगका लागी ९८५११९३९८१ मा सम्पर्क गर्न उनकाे  आग्रह छ ।

मृगाैला पीडित विकका दुई छाेरा छन र श्रीमान कान्छी बिहे गरेर भारतमा बस्दै आएको बताइएको छ ।

प्रकाशित मिति : २०७६ असोज ५ गते आइतवार