• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

शालिकराम मृ’त्यु प्रकरण : रवि लामिछाने सहित ३ जना फेरी चितवनमा


असाेज ५, काठमाडौं । पत्रकार शा’लिकराम पुडा’सैनी मृ’त्यु प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामि’छाने, पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीले सोमबारसम्म चितवनमै बस्नुपर्ने भएको छ ।

आइतबारदेखि न्यायाधीश हेमन्त रावलको इजलासमा पत्रकार पुडा’सैनीको आ’त्म’ह’त्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र सुरु भएकाले उनीहरुले चितवन नै बस्नु पर्ने भएको हो ।

लामि’छानेसहित तीनजनाविरुद्ध जाहेरी दिने पत्रकार पुडा’सैनीकी श्रीमती सम्झनाको पनि बकपत्र लिइने छ । सरकारी पक्षका जाहेरीकर्ता, अनुसन्धानकर्ता, शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिक गरि १३ जनाको बयान लिइने छ ।

प्रतिवादीको तर्फबाट २३ जनाको नाम रहेकाले सोमबार बेलुकी वा मंगलबारसम्म बकपत्र चल्नेछ । यसअघि उक्त मुद्धामा  जिल्ला अदालत चितवनले  लामि’छाने र कँडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामि’छाने पाँच लाख र कँडेल तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । अर्की अभियुक्त अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश भएको थियो

प्रकाशित मिति : २०७६ असोज ५ गते आइतवार