• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

दशैंमा घर पोत्ने माटो लिन गएकी महिलाकाे ढिस्कोमा पुरिएर मृ’त्यु


इन्द्र बुढाथोकी / असोज ५, सल्यान । माटोको ढिस्कोमा पुरिएर सुर्खेतको सिम्ता गाउपालिकामा एक महिलाको मृ’त्यु भएको छ ।

दशैमा घर पोत्ने रातो माटो लिन गएकी नेपाली काँग्रेस सिम्ता गाउँपालिका वडा नम्वर ३ का सभापति अम्मर भण्डारीका श्रीमति ४९ बर्षिया दिपा भण्डारीको मृ’त्यु भएको हो ।

आइतबार बेलुका ५ बजे तिर घर नजिकैको बयान जंगलमा रातो माटो लिन गएका बेला माटो खन्दै गर्दा माथिबाट आएको माटोको ढिस्कोले पुरेपछि घटना स्थलमै मृ’त्यु भएको सिम्ता गाउँपालिकाका सामाजिक परिचालक चन्द्रबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ असोज ५ गते आइतवार