• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

जब तिम्रो याद बनेर प्रतिगामी आउछ, मनमा भुइचालो आखामा सुनामी आउछ


गजल

जब तिम्रो याद बनेर प्रतिगामी आउछ
मनमा भुइचालो आखामा सुनामी आउछ

छोरालाई भेट्न मन छ मलाई मर्न दिनुहोस्,
बाँचुन्जेल आएन मर्दा जरुर मलामी आउछ

पराई भुमिमै छोडेर सास पनि पराई भयो,
श्रीमती भन्छिन् फर्केर मेरो स्वामी आउछ

ज्यान लिएर पठाउकी पैसा दिएर पठाउ,
दुस्मन ऋण खोज्दै बनेर आसामी आउछ

कसरी बुझु ऊ सेवा गर्न डाक्टर बनेको हो,
खुसी हुन्छ जब सिकिस्त बिरामी आउछ

ऊ ‘म’ भन्छ तपाईं ‘म’ भन्नुहुन्छ म ‘म’ भन्छु,
हाम्रो मानसिकतामा कहिले हामी आउछ

प्रकाशित मिती २०७६ असोज ६ गते 

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमवार