• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

बझाङमा २ लाख रुपैयाँ सहित ५ ब्यक्ती पक्राउ


असोज ६,बझाङ – बझाङमा आइतबार राति नगदसहित ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार मध्यरातमा राति साढे १२ बजेको समयमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा सुर्मा गाँउपालिका वडा नम्बर १ का २८ बर्सिय देवचन्द बोहरा र ४० बर्सिय  मानबहादुर बोहरा, वडा नम्बर २ का ३८ बर्सिय शेरबहादुर बोहरा, हुम्लाको सिमिकोट गाँउपालिका–३ का ३९ बर्सिय फन्जुङ लामा र जयपृथ्वी नगरपालिका–८ का ४० बर्सिय मंगल बोहरा लगाएतको टोलिलाई प्रहरीले पक्राउ गरेको छ ।

जुवा खेलिरहेको अवस्थामा उनीहरुको साथबाट २ लाख १९ हजार ५ सय ७२ रुपैयाँसहित तीन जोडी तास बरामद गरिएको बझाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले बताए ।

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमवार