• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

छोरीलाई सल्फास खुवाएर बुबाले गरे आ’त्म’ह’त्या


असाेज ६, कैलाली । आ’त्म’ह’त्या दुरुत्साहनको मुद्दा लागेपछि कैलालीमा बाबुले छोरीको ह’त्यासँगै आ’त्म’ह’त्या गरेका छन् ।

गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेलले छोरीलाई सल्फास सेवन गराएर आफूले पनि आ’त्म’ह’त्या गरेका हुन् । उनले तीन वर्षीय छोरी अनुष्कालाई सल्फास खुवाएपछि आफैले पनि खाएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतका अनुसार गएको वैशाख १६ गते रामबहादुरकी श्रीमती सरिता कलेलले कोठामै झुण्डिएर आ’त्म’ह’त्या गरेपछि उनीविरुद्ध आ’त्म’ह’त्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको थियो । सरिताका माइती पक्षले रामबहादुरविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेका थिए ।

गएको जेठ २६ गते जिल्ला अदालत कैलालीले रामबहादुरलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । साउन २२ गते अदालतले उनलाई निर्दोष ठहर गरेपछि उनी छुटेका थिए ।

अपराध संहिता लागू भएपछि कैलालीमा आ’त्म’ह’त्या दुरुत्साहनमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । एक वर्षको अवधिमा कैलालीमा आत्महत्या दुरुत्साहनको १४ वटा मुद्दा दर्ता भएका छन् ।

त्यसमध्ये एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने आठ जना धरौटीमा रिहा, दुई वटा मुद्दामा अनुसन्धान जारी रहेको र एक जना साधारण तारेखमा छुटेका छन् ।

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमवार