• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

हरदिन हरपल सजाएर आँखामा गाजल जस्तै, तिम्रै खोजीमा निस्किएको छु बनेर पागल जस्तै


  • गजल

हरदिन हरपल सजाएर आँखामा गाजल जस्तै
तिम्रै खोजीमा निस्किएको छु बनेर पागल जस्तै

जब सम्झन्छु बा को मृत्यु आमाको खालि सिउदो
मन   भारी हुन्छ पानी पर्नै  लागेको बादल जस्तै

एउटा तिम्रो तस्वीर अर्को यो ढुङ्गा बोल्दै बोल्दैन
म बोलाउदा बोलाउदा भइसकेको छु घायल जस्तै

खै कस्ले बुझेन सम्बन्धको महत्त्व साथ छुट्यो
मन त थियो तिमी सँगै बस्ने भएर आँचल जस्तै

ए हजुर मैले जस्तै अनुभब गरेर त हेर्नुस् भोको पेट
बालुवा पनि देखिन थाल्छ दाल जस्तै चामल जस्तै

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमवार