• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सामाजिक सेवा दिवसमा हेल्पिङ हेन्डस दाङले बिरामीहरुलाई फलफुल वितरण गर्याे


असाेज ७, दाङ ।  हेल्पिङ हेन्डस दाङले ४0 औं सामाजिक सेवा दिवसको अवसरमा प्रादेशिक आयुर्वेदिक चिकित्सालय बिजौरी तुलसीपुरमा फलफुल वितरण गरेकाे छ । ‘खुसि र समूद्दि राष्टिय सोच, समाज विकासमा हाम्रो अठोट’ भन्ने मुल नाराका साथ हेल्पिङ हेन्डस साेमबार फलफुल वितरण कार्यक्रम सम्पन्न गरेकाे हाे ।

करिब ४० जना जतिको सहभागिता रहेकाे कार्यक्रममन अस्पतालमा भर्ना भएका  करिब २३ जना बिरामिहरुलाई फलफुल वितरण गरिएकाे थियाे ।

उक्त संस्थाका अध्यक्ष शालिग्राम गौतमको अध्यक्षतामा भएको वितरण कार्यक्रमा प्रमुख अथिति अस्पतालका प्रमुख डा. रामकानेश्वर ठाकुर लगाएत नरवेर्दिक शिक्षालयमा कार्यरत बरिष्ठ कन्सलटेन्स डा.स्यामबहादुर  यादब रहेका थिए । संस्थाका उपाध्यक्ष दिपेश ढकालकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे बारेमा वरिष्ठ सल्लाकार हेमराज साहुले संस्था र कार्यक्रमकाे बारेमा प्रष्ट्याएका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष शालिकराम गौतमले विगत केहि समय देखि सामाजिक सेवामा काम गर्दै आएको र विभिन्न दुख पिडा प्रकृति प्रकोपमा परेका लाई तत्काल सहयोग र हौसला दिदै आएको जानकारि दिए । कार्यक्रमको सन्चालन संस्थाका प्रेस सल्लाकार आशिस केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमवार