• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

शिक्षक लाइसेन्स परिक्षाको लागि सल्यानका ३ ठाउँमा केन्द्र ताेकियाे (हेर्नुहोस् कसको कहाँ पर्याे)


असोज ६, सल्यान । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आयोगले प्राथमिक तहको शिक्षक लाइसेन्स परीक्षाको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

निमावि र मावि तहको परीक्षा केन्द्र भने मंगलबारसम्म सार्वजनिक गरिसक्ने आयोगले जनाएको छ । आयोगले सल्यानमा प्राथामिक तहको लागी ८ वटा केन्द्र तोकेको छ ।

त्यस्तै निमावीमा १० र माविमा ३ वटा केन्द्र तोकिएको सल्यानका जिल्ला शिक्षा विकास तथा इकाई प्रमुख लाल बहादुर घर्तिले लेकाली अनलाइनलाई बताए । उनका अनुसार सल्यानमा तीन ठाउँमा केन्द्र तोकिएको छ । शारदा नगरपालिका १ शितलपाटी, वडा नम्बर २ लुहापिङ र वडा नम्बर ४ पिपलनेटामा केन्द्र तोकिएका छन् ।

प्राथामिक तहमा सल्यान बहुमुखी क्याम्पस र त्रिभुवन मावि खलंगा लुहापिङमा दुईवटा केन्द्र, शारदा नगरपालिका ४ पिपलनेटाको महेन्द्र माविमा एउटा केन्द्र, शिवजन मावि र शिवजन क्यम्पस शितलपाटीमा ५ वटा केन्द्र तोकिएको छ ।

निमावी तहमा शिवजन मावि र शिवजन क्याम्पसमा एकएक वटा केन्द्र थपरे १० वटा बनाइएको छ भने मावि तहमा शिवजनलाई हटाएर लुहापिङ र पिपलनेटामा ३ वटा केन्द्र बनाइएको प्रमुख घर्तिले बताए ।

पशिक्षा प्राथामिकको यहि असोज ९, माविको १० र निमाविको ११ गते हुनेछ । परिक्षा बिहान ८ बजेदेखि सुरु हुने आयोगले यसअघिनै सार्वजनिक गरेको छ ।

परिक्षालाई मर्यादित र शान्त तवरले सम्पन्न गर्न तिनै तहका सुरक्षाकर्मी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसँग मंगलबार छलफल हुने उनले बताए । परिक्षाको प्रश्नपत्र पनि सल्यान आइसकेको उनले बताए ।

शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो ।  आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो ।

आयोगका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् । जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ । यस्तै कानून, इञ्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको छ ।

देशभरीकाे केन्द्र सुचि हेर्न यहाँ क्लीक गर्नुहाेस्

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमवार