• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा आमा समुहद्धारा २७ घरलाई फिल्टर वितरण


इन्द्र बुढाथोकी / असोज ६, सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा न ३ काप्राकाे  माँइ भगवती आमा समुहले २७ घरधुरीलाई फिल्टर वितरण गरेको छ । पुर्ण सरसफाइ गाउँ टोल बनाउने उद्देश्यले ‘स्वास्थका लागि पानी, जीवनका लागि शुद्ध पिउने पानी’ भन्दै  फिल्टर बाँडिएको स्वास्थ स्वयंसेविका हरिकला पुनले जानकारी दिएकी छन् ।

आमा समुहको ३३ हजार लागानिमा पानी सुदृढीकरणको लागि फिल्टर बाँडिएको हाे । देश भरी भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड, लगाएत विभिन्न रोगहरु दुसित पानीका कारणले लाग्ने भएकोले आफुहरु समुहमा सल्लाह गरेर फिल्टर बाड्ने योजना गराएको पुनले बताइन्।

शुद्ध पिउने पानीको लागि कुनै पनि संघ संस्था तथा वडा नगरपालिका नहेरेको रोगबाट बच्चालाई घरको कामले गर्दा उमालेर खाने समय नभएको कसैलाई पिउसहालेर खाना पनि नजान्ने भएकोले यसको सबै भन्दा सजिलो उपाए भनेको फिल्टर गरेर पानी पिउनु भएकोले आफुहरुको समुहमा फिल्टर वितरण गरिएको आमा समुहकि अध्यक्ष खुमा पुनले बताएकी छन ।

गत वर्ष पनि सामाजिक काम अन्तर्गत २६ हजार लगानीमा मन्दिरमा घाट, २४ हजारको ड्रेस र ६ हजारको बिबाह पार्टीमा आवश्यक पर्ने भाँडाकुडा ल्याएको उनले बताएकी छन्  ।  कार्यक्रमको सहजीकरण दलित विकास समाज (डिडिएस) सल्यानका सामुदायिक पोषण सहजकर्ता दिपा बिसिले गरेकी थिइन ।

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमवार