• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

नवलपरासीमा छुट्टा छुट्टै दुर्घटनामा परि ६ जनाको मृतु १५ बढी घाइते


असोज ७,नवलपरासी – पूर्वी नवलपरासीको कावासोती नगरपालिका –८ पूर्व–पश्चिम राजमार्गमा सोमबार राति ट्रक र कार एक आपसमा ठोक्किँदा कारमा रहेका पाँच जनाको ज्यान गएको प्रहरीले बताएको छ ।

गयराति सवा १० बजे तिर पूर्वी नवलपरासीको कावासोती नगरपालिका –८ खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

ज्यान गुमाउनेहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते पाँचै जनाको उद्धार गरी उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमा नै सबैजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

यस्तै,नवलपरासीको मध्यविन्दु नगरपालिका –१० राति पौने २ बजेतिर दाङबाट काठमाण्डौका लागि छुटेको बस पल्टिँदा एक जनाको ज्यान गएको छ । कम्तीमा १५ जना घाइते भएका छन् ।

ना ७ ख ८६४२ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसका चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार चार जनाको नवलपुर अस्पताल, एक जनाको कालिगण्डकी अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७६ असोज ७ गते मङ्गलवार