• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्लाहाकार शर्मा भन्नछन पुँजिगत खर्च बढाउछाै ।


असाेज ७,सल्यान ।  कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले यो वर्ष कर्णाली प्रदेशले पुँजिगत खर्च गुणात्मक रुपमा हुने विगतमा पुँजिगत खर्च नहुने अवस्थालाई अन्त्य गरी गुणात्मक हिसाबले खर्च हुने दावी गरे ।

सल्यान खलंगामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले प्रदेशका संरचना जिल्ला जिल्लामा स्थापना गरिएको र करार तथा शर्तबद्ध रुपमा प्राविधिक कर्मचारीको व्यवस्थापन गरिएकाले पुजिगत खर्च हुनेमा ढुक्क हुन उनले आग्रह गरे ।

कर्णाली प्रदेश सरकारले विपद्को जोखिमविरुद्ध सामुहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालन गरेको उनको भनाई छ ।कर्णालीका हरेक नागरिकले १ लाख रुपैयाको निःशुल्क बीमा सुविधा प्राप्त गर्ने उनले बताए । उनले भने ‘विपद् दुर्घटनाका कारण घरमा क्षति पुगेमा प्रतिघर ५ लाख रुपैयाँको विमा सुविधा प्राप्त गर्ने सरकारले व्यवस्था गरेको छ ।’

विपद्को उच्च जोखिम रहेको कर्णालीका नागरिकले हरेक वर्ष ठुलो संख्यामा ज्यान गुमाउनु पर्ने अवस्थालाई मध्यनजर गरेर सरकारले राहत स्वरुप बिमा कार्यक्रम सुरु गरेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७६ असोज ७ गते मङ्गलवार