• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

एक महिनामा विदेशबाट नेपालमा कति शव भित्रन्छन ?


असाेज ७, काठमाडाैं । वैदेशिक रोजगारीमा गएका ६१ नेपालीको भदौमा ज्यान गएको छ। वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार तीन महिला र ५८ पुरुषको ज्यान गएको हो। यो संख्या घरसम्म शव ढुवानी गरिदिएकाको मात्रै भएकाले अझै बढी हुन सक्ने बोर्डको अनुमान छ। थप १८ वटा शव झिकाउनका लागि बोर्डले पत्राचार गरेको छ।

गत साउनमा ७४ जनाको शव विदेशबाट आएको थियो। यस्तै बोर्डले विदेशमा ज्यान गुमाएकाका ६४ परिवारलाई भदौमा आर्थिक सहायता प्रदान गरेको छ। ६२ पुरुष र २ महिलाका परिवारले आर्थिक सहायता पाएका हुन्। यो संख्या गत महिनाभन्दा बढी हो। गत साउनमा ६० जना मृतकका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको थियो।

भदौमा अंगभंग भएका तथा रिामी भएका कामदारलाई आर्थिक सहायता भने कम दिइएको छ। भदौमा २५ जनाले मात्रै यस्तो आर्थिक सहायता पाएका छन्। साउनमा बिरामी भएर फर्किएका ४५ जनाले आर्थिक सहायता पाएका थिए।

वैदेशिक रोजगारीमा रहेका कामदारका तीन परिवारले औषधोपचार सहयोग पाएका छन्।

प्रकाशित मिति : २०७६ असोज ७ गते मङ्गलवार