• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा मृत्यु भएका परिवारलाई प्राइम लाइफ इन्स्योरेन्सले बिमाको पौने दुई लाख दियो


असोज ७, सल्यान । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानमा मृत्यु भएका एक व्यक्तीका परिवारलाई जिवन बिमाको दाबी भुक्तानी पैसा हस्तान्तरण गरेको छ । सल्यानको कुमाख गाउँपालिका ४ बस्नेतज्युलाका  लोकेन्द्र विक्रम शाहीको मृत्यु भएपछि उनका श्रीमती मिना शाहालाई बिमाको एक लाख ८४ हजार २ सय रकम दिइएको हो ।

एक लाख पचास हजारको बिमा गरेका उनलाई सेवा सुविधा सहित थप रकम दिइएको प्राइम लाइफ इन्स्योरेन्स उप शाखा सल्यानका प्रमुख रमेश बुढाथोकीले लेकाली अनलाइनलाई बताए । मृतक शाहीले हालसम्म ६ल किस्ताको ६० हजार रुपैया बुझाएका थिए ।

उप शाखा प्रमुख रमेश बुढाथोकी र ४ नम्बर वडा अध्यक्ष तिलबिर बुढाथोकीले मंगलबार शाहीको घरमै पुगेर एक लाख ८४ हजार २ सयकाे बैंक चेक हस्तान्तरण गरेका हुन् । रकम दिदै अध्यक्ष बुढाथोकीले बिमा भनेको घरबाहाल बिहिन लगायत परिवारको सुरक्षा नै जिबन बिमाको अर्थ भएको बताए ।

प्रकाशित मिति : २०७६ असोज ७ गते मङ्गलवार