• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यान कपुरकोटमा अनुगमनलाइ प्रभावकारी बनाइने


असोज ७, सल्यान । सल्यानको कपुरकोट गाउँपालिका, २ स्थीत रहेको विरेन्द्र माध्यामिक विद्यालयमा ४ कोठे पक्की भवन निर्माण भएको छ । कक्षा कोठाको अभावमा पठनपाठन प्रभावित हुँदै आएकोमा अव केहि सहज हुने विद्यालयले जनाएको छ ।

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष ओम बहादुर बुढाले शिक्षा विभाग अन्तर्गत गाउँपालिकाको दायीत्वमा आएको बजेटबाट भवन निर्माण गरिएको जनाए । ३६ लाख रुपैयाँको लागतमा ४ कोठे विज्ञान भवन निर्माण भएको हो । उक्त भवनको मंगलबार कपुरकोट गाउँपालिकाले अनुगमन गरेको छ ।

अनुगमन समितीका संयोजक तिला बुढा मगर सहित प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर ओली, इन्जीनियर भुपेन्द्र यरी लगाएतको टोलिले भवन अनुगमन गरेको हो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत ओलिले गाउँपालिकाले योजना तथा कार्यक्रम अनुगमनको पाटोलाइ प्रभावकारि बनाउने बताए ।

कुनै पनि योजना दिगो, भरपर्दाे र पारदर्शि बनाउन आवश्यक रहेकोमा जोड दिदै उनले स्वयम उपभोक्ताले पनि निगरानि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति : २०७६ असोज ७ गते मङ्गलवार