• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सरकारीमा नेपालमै सल्यान अस्पताल पहिलो डिजिटल बन्यो, अमेरिकन नागरिकद्वारा उद्घाटन्


असोज ८, सल्यान । सल्यान अस्पताल डिजिटल अस्पताल बनेको छ । सरकारी अस्पतालमध्ये  नेपालमै पहिलोपटक सल्यान अस्पताल डिजिटल बनेको हो । मंगलबार सल्यान अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको सुरुवात भएसंगै प्रविधिमैत्री बन्दै गएको अस्पतालले जनाएको छ ।

निक साइमन्स इन्स्टिच्यूटको सहयोगमा जिल्ला अस्पतालमा हुने कागजको प्रयोग घटाउदैँ प्रबिधियुक्त बनाउन अनलाइन प्रणाली जडान गरिएको हो । हरेक कक्षहरुमा कागजको प्रयोग हुदैँ आएकोमा अव अनलाइनमा नै सबै रेकर्ड रहनेछ ।

अस्पतालमा कागजको प्रयोग नभई सफ्टवेयर बाट नै बिरामीको नाम दर्ता देखी औषधि समेत सफ्टवेयर सिस्टमबाट नै प्रदान गरिने छ । मंगलबार निक साइमन्स इन्स्टिच्यूटका संस्थापक जिम साईमन्स र मरिलिन साईमन्सले संयुक्त रुपमा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ को उद्घाटन गरेका छन् ।

अहिले करिब १ करोड रुपैँया बढीको लागतमा जिल्ला अस्पतालमा बिभिन्न प्रबिधि जडान गरिएको छ । स्वास्थ्य तथ्याङ्क गुणस्तरीय बनाउन, स्वास्थ्य संस्थामा बिरामी प्रवेश गरे देखि उपचार हुँदा र बाहिरिँदा सम्मको अवस्थालाई सफ्टवेयरको सहयोगमा सुरक्षित राख्न र बिरामीको सुरुवाती अवस्थादेखि उपचारसम्मको प्रक्रियालाई जस्ताको त्यस्तै इन्ट्री गर्न इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको सुरुवात गरिएको हो ।

निक साइमन्स इन्स्टिच्यूटबाट करिब ४० लाख रुपैँया र कोजेक नामक संस्थाको करिब ६० लाखको लागतमा जिल्ला अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्डको शुरुवात गरिएको निक साइमन्स इन्स्टिच्यूट कर्णाली प्रदेशका निर्देशक जर्नादन पाठकले बताए । सल्यान अस्पतालमा २ डाक्टर लगायत ६ जना स्वास्थ्यकर्मी र हरेक बर्ष ३ देखी ५ लाख रुपैँयाको सामाग्री खरिद, यूएएम मेसिन खरिदमा पनि सहयोग गरेको छ ।

अहिले जिल्ला अस्पतालमा कर्मचारी समायोजनका कारण डाक्टरहरू नभएको बेला निक साइमन्सको तर्फबाट खटिएका स्वास्थ्यकर्मीले धानेको अस्पतालले जानकारी दिएको छ । स्वास्थ्य संस्थाले रोगको वार्षिक ब्यबस्थापन योजना बनाउन, प्रत्येक रोगको स्वास्थ्य संस्थामा उपचार ब्यबस्थापन गर्न, आवश्यक मेसिन उपकरण औजारहरुको ब्यबस्थापन गर्न, र अस्पतालमा गरिएका सेवाहरुको मासिक प्रतिबेदन तयार गर्न  इएमआर निकै फलदायी हुने सल्यान जिल्ला अस्पतालका डा. प्रदिप शर्माले बताए ।

एनएसआईले स्वास्थ्यकर्मीलाई तालिम तथा अस्पताललाई सहयोगको माध्यमबाट ग्रामीण स्वास्थ्यसेवामा रहेको समस्याहरु समाधानको उपायहरु पत्ता लगाई तिनीहरुको स्तरवृद्धिको लागि नेपाल सरकारसँग पैरवी गर्दै आएको छ ।

जिम साइमन र मरिलिन साइमनद्वारा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको उद्घाटन  

अमेरिकी नागरिक जिम साइमन र मरिलिन साइमनले मंगलबार सल्यान अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको उद्घाटन गरेका छन् । अस्पताल बिकास समितीका अध्यक्ष दामोदर शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै निक साइमन्स इन्स्टिच्यूटका संस्थापक जिम साईमन्स र मरिलिन साईमन्सले छोरा निक साईमन्सको सपनालाई पुरा गर्न आफुहरुले नेपालमा आएर स्वास्थ्य क्षेत्रमा लगानी गरेको बताए ।

कार्यक्रममा एनएसआईका कार्यकारी निर्देशक डा.अनिल बहादुर श्रेष्ठ, नेपालका लागि संयुक्त राज्य अमेरिकाका पुर्व राजदुत तथा पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले, जिल्ला  समन्वय समितीका प्रमुख केश बहादुर बिष्ट, शारदा नगरप्रमुख सुरेश अधिकारी, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक रिता जैसी, एनएसआईका कार्यकारी निर्देशक डा. अनिल बहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगाएतको सहभागीता रहेको थियो ।

अतिथीहरु हेलिकप्टरमा

इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको उद्घाटन गर्न जिम साइमन र मरिलिन साइमन लगाएत अन्य अमेरिकन नागरिक र राजधानीबाट आएका अन्यय व्यक्तीहरु हेलिकप्टरमा सल्यान आएका हुन् । बिहान साढे ९ बजे खलंगा लुहापिङ मैदानमा दुईवटा हेलिकप्टरमा ५ जना अमेरिकन र ३÷४ जना जति नेपाली नागरिक ओर्लिएका हुन ।

लुहापिङ मैदानमा ओर्लिएका उनिहरुलाई सल्यानमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुले स्वागत गरेका थिए । त्यस लगतै उनिहरुलाई गाडीमा सल्यान अस्पताल लगिएयो । उनिहरुलाई सल्यान ल्याउन दुईवर्ष अघिदेखि प्रयास गरिएपनि असफल भएको र यसपटक सफल भइएको एनएसआईका कार्यकारी निर्देशक डा.अनिल बहादुर श्रेष्ठले बताए । सल्यान आएका अतिथीहरुलाई सल्यानी खुकुरी प्रदान गरिएको थियो ।

को हुन जिम साइमन र मरिलिन साइमन

सन २००२ मा निक साइमन्स नाम गरेका एकजना अमेरिकी युवा नेपाल घुम्न आएका थिए । साँस्कृतिक तथा भाषिक कठिनाईका बावजुद उनी नौ महिना नेपालमा बसे र नेपालप्रतिको गहिरो मायालाई सँगालेर उनी आफ्नो घर न्यूयोर्क फर्के । उनले आफ्नी आमा बुबालाई यदि कुनै दिन नेपाल जस्तो देशमा गई स्वस्थ्य क्षेत्रमा काम गरेर आफ्नो जीवन विताउन चाहाने लक्ष भएको सुनाए ।

हेमा अचम्मित नहुन भनेका थिए । त्यसपछि उनले आफ्नो बाँकी अध्ययन पुरा गर्ने तयारीमा लागे जसले उनलाई मेडिकल शिक्षा पढ्नको लागि बाटो खुला गर्दथ्यो ।

तिनै निकका आमाबुबा हुन जिम साइमन र मरिलिन साइमन । सन् २००३ को गृष्म ऋतुमा इन्डोनेशियाको बालीमा पौडी खेल्ने क्रममा डुवेर दुर्भाग्यवश निकको देहान्त भयो । उनको देहान्त भएको करीव अढाई महिना पछि उनको अभिभावकहरु, दिदी बहिनीहरु र नजिकका केही साथीहरु आफूहरुलाई विल्कुलै केही थाहा नभएको ठाउँमा केही ठोस तथा राम्रा काम गर्ने आशामा नेपाल आए ।

यसको शुरुवात पाटन अस्पतालको प्रसुति वार्ड निर्माणको लागि आर्थिक सहयोगबाट गरे । त्यसको एक बर्षपछि उनीहरुले स्वास्थ्य व्यवसायीहरुको एउटा समूहलाई एउटा यस्तो संस्था बनाउन चुनौति दिए जुन एउटा जिउँदो स्मारक जस्तै रही देशको दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवाबाट वन्चित जनतासम्म सेवा पुर्याउन सकोस् ।

यो अवधारणाको वरिपरि रही कार्य गर्न धेरै मानिसहरु संलग्न भई कार्यदल गठन भए । यसै दौरानमा सो कार्यदलले संचालक समितिको चयन गर्नुका साथै संस्थाको लागि कर्मचारीहरुको भर्ना प्रक्रिया पनि शुरु गर्याे । उनका अभिभावकहरु जिम र मेरिलिन प्रत्येक बर्ष दुई पटक नेपाल आउँछन् । निक साइमन्स इन्स्टिच्यूटको साझेदार हुनसक्ने विभिन्न अस्पतालहरु घुम्ने क्रममा उनीहरुले देशका केही अति दुर्गम ठाउँहरुमा पनि यात्रा गरेका थिए । त्यहि अन्तरगत सल्यान पनि परेको थियो ।

तिनै निकको नाममा स्थापना भएको निक साइमन्स इन्स्टिच्यूटले नेपालका ग्रामिण क्षेत्रमा स्वास्थ्य सुविधा प्रदान गर्दै अएको छ । त्यहि इन्टिच्युटका संस्थापक जिम साईमन्स र मरिलिन साईमन्सले सल्यान अस्पतालमा संयुक्त रुपमा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ को उद्घाटन गरेका हुन् ।

 

प्रकाशित मिति : २०७६ असोज ८ गते बुधवार