• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

कृषि विकास बैंकबाट साढे १ करोड चाेरी, ह्याकरले यसपटक यसरी गरे चाेरी


असोज ८, काठमाडौं । कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ । ह्याकरको समूहले सिस्टम ह्याक गरेर रकम चोरी गरेको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंककाे लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको पुष्टि गरे ।

‘प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख देखिएको छ, बाँकी हामी अनुसन्धानमै छौं’, प्रवक्ता निरौलाले भने, ‘विगतमा भएको ह्याकिङ प्रकरणभन्दा यो नयाँ हो ।’

यसरी भयाे चाेरी

यसअघि चिनियाँ ह्याकरहरुले एटीएम ह्याक गरेर करोडौँ रुपैयाँ निकालेकोमा कृषि विकास बैङ्कको चोरीमा नौलो शैलीमा रकम चोरी भएको पाइएको भुक्तानी प्रणाली विभागका प्रमुख बमबहादुर मिश्रले जानकारी दिए । उनका अनुसार ब्यालेन्स सिटमा नै हिट गरेर पैसा ट्रान्सफर गरिएको देखिएको छ ।

मिश्रका अनुसार बैङ्कको लाहान शाखाबाट रकममा गडबडी भएको देखिएको छ । ‘प्रोफिट डेविट गरेर खाता खोलेर विभिन्न खातामा ट्रान्सफर गरेको देखिएको छ,’ उनले भने, ‘रकम बढी नै लगेको छ । नयाँ–नयाँ प्रविधिको चोरी भएको छ । यसबारे पूर्ण विवरण अहिले साढे १० बजे आउँछ ।’

प्रकाशित मिति : २०७६ असोज ८ गते बुधवार