• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

टिका सानु र कृश क्षेत्रीले ल्याए राप्ती अञ्चललाई चिनाउन छमछमी नाच्ने गीत


असोज ८, सल्यान । अहिलेका चर्चित लोक दोहोरी गायिका टिका सानु र गायक कृश क्षेत्रीले छमछमी नाच्ने खालको ‘चरी भरर’ बोलको लोक गीत सार्वजनिक गरेका छन् । गीतको अडियो केहि समय अघि नै सार्वजनिक भएपनि भिडियो भर्खरै सार्वजनिक भएको हो ।

साविकको राप्ती अञ्चलको सल्यानमा जन्मिएका कृश र दाङमा जन्मिएकी टिकाले राप्ती अञ्चललाई नै चिनाउने खालको गीत ल्याएका हुन् । टिपीकल लोक शैलिमा प्रस्तुत गरिएको गीतमा राप्ती अञ्चलका विभिन्न ठाउँहरुको नाम लिइएको छ ।

गीतको बिचबिचमा कृशले मानिसलाई नचाउने खालको ‘शै हो…शै हो…’ जस्ता शब्दहरु प्रस्तुत गरेको सुनिन्छ । ‘लाउरेको रेलिमै फेसनै राम्रो, रातो रुमाल रेलिमै खुकुरी भेर्याको…’ शब्दलाई स्थानीय भाकालाई कृशले प्रस्तुत गरेका छन् ।

गीतमा ‘चरी भरर माया चरी भरर…, दाँया बाँया केहि नसोच नाच फरर… तिमी हामी सँगै नाचौ बालै फरर..’ जस्ता शब्दलाई उठान गरेर मेला, पर्वमा गाइने दोहोरीलाई समेटे जस्तै गरेर ब्याटल शैलिमा प्रतुत गरिएको छ ।

साविक राप्ती अञ्लका ५ वटै जिल्लाका विभिन्न चर्चित ठाउँहरुको नाम लिएर गीतमा टुक्का मिलाइएको । जसमा सल्यानको कुपिण्डे ताल, कोटमौलाको सुन्तला, खैराबाङ मन्दिर, दाङमा बग्ने राप्ती नदि, बाह्रकुने दह, प्युठानको स्वर्गद्वारी, बिजुवार, बाउन पाेखरी तिरपन्न तालमा पर्ने रुकुमको सिस्ने हिमाल, रोल्पाको जलजला जस्ता ठाउँको नाममा गीतका टुक्का मिलाइएको छ ।

यो बाहे अन्य माया प्रेमका शब्द र गाउँघरका गरिने कामको बारेमा पनि गीतमा समावेश गरिएको छ ।

टिका र कृशको अवाज रहेको यो गीतको लय, शब्द तथा संगीत कृशले नै गरेका छन् । गीतको म्युजिक भिडियोमा तिलक शाही ठकुरी र बविता श्रेष्ठले अभिनय गरेका छन् । गीतको बजारीकरण हमाल म्युजिकले गरेको छ ।

हेर्नुहोस् भिडियो 

प्रकाशित मिति : २०७६ असोज ८ गते बुधवार