• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

दाङ तुलसीपुरबाट ५ जुवाडे पक्राउ


पूर्ण के.सी. असोज ८, दाङ । तुलसीपुरबाट प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको साथबाट नगद ६१ हजार दुई सय १० रुपैंया बरामद गरेको ईप्रका तुलसीपुरले जानकारी दिएको हो । तुलसीपुर ६ निवासी भिमसेन लहरेको घरमा आज जुवातास खेलिरहेको अवस्थामा उनिहरुलाई ।पक्राउ गरिएको प्रहरीले बताएको छ ।

जुवा खालबाट पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ६ रजौरा बस्ने अमितदेव खडका, सुदिप देवकोटा, भिमसेन लहरे , तुलसीपुर ५ बस्ने सिताराम योगी र निर्मल शर्मा रहेका छन ।

प्रकाशित मिति : २०७६ असोज ८ गते बुधवार