• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

धनगढीकी खगित्रा शाहीले जन्माइन एकै पटक ४ शिशु


असोज ९, धनगढी । धनगढीकी २७ बर्सिय खगित्रा शाहीले चार शिशुलाई जन्मदिएकी छिन् । शाहीले सिनामङ्गल स्थित काठमान्डौ मेडिकल कलेजमा तीन छोरा र एक छोरीलाई जन्म दिएकी उहाँकी उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीले जानकारी दिईन ।

आठ महिनाको गर्भलाई चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो । हाल ती शिशुको अवस्था सामान्य रहेको छ ।

ती नवजात तीन शिशुको तौल क्रमश १.४, १.५, १.६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ। सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ ।

प्रकाशित मिति : २०७६ असोज ९ गते बिहिवार