• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सरकारले जन अपेक्षा अनुसार काम गरेको छैन : काङ्ग्रेस नेता पौडेल


पूर्ण के.सी./ असोज ९, दाङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपि वलि नेतृत्वको सरकारले जन अपेक्षा अनुसार काम नगरेको दावी गरेका छन ।

नेपाली काँग्रेस क्षेत्र नं ३ ‘ख’ ले आज दाङको श्रीगाउँमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पौडेलले नेपाली काङ्ग्रेस सधै जनताको पार्टी भएको र अहिले बलियो प्रतिपक्ष रहेको स्पष्ट पारे ।

२ वर्षको अबधिमा जति काम हुनुपर्ने हो त्यो नभएको पौडेलको भनाई थियो । कार्यक्रमलाई काङ्ग्रेस नेता दिपक गिरी लगायतका नेताले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०७६ असोज ९ गते बिहिवार