• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा सरकारी गाडीले ठक्कर दिदा एक बालक गम्भीर घाइते, उपचार गर्न भारत लगियाे


असाेज ९, सल्यान । सल्यानमा सरकारी गाडीले ठक्कर दिदा एक बालक गम्भीर घाइते भएका छन् । पशु ज्ञान केन्द्र तथा भेटनरी कार्यालय सल्यानकाे गाडीले ठक्कर दिदा बनगाड कुपिण्डे नगरपालिका -११ रैकर बजार निवासी वर्ष ३ का धर्मराज ओलीलाई गम्भीर घाइते भएका हुन् ।

सुर्खेतबाट सल्यान खलंगा आउँदै गरेको बा २ झ २०४४ नम्बरको भेटनरीकाे जिपले बिहीबार दिउँसाे १२ बजेतिर ठक्कर दिएकाे प्रहरी चौकी बालुवा सङ्ग्रहीका इन्चार्ज दिपक शाही ठकुरीले जानकारी दिए । बालकलाइ नेपालगञ्ज लिइएपनि त्यहाँ उपचार हुन नसकेर भारतकाे नखनउ पुर्याइएकाे परिवारले जनाएकाे छ ।

गाडिसँगै चालकलाइ अहिले प्रहरी नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले लेकाली अनलाइनलाइ बताए । प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा बालक दाैडिदा गाडीमा ठाेकिएकाे चालकले बताएका छन् ।

प्रकाशित मिति : २०७६ असोज ९ गते बिहिवार