• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा तरकारी बोकेर हाटबजार आउँदै गरेको गाडी दुर्घटना : एकको मृत्यु, ६ जना घाइते


असोज १०, सल्यान । सल्यानमा तरकारी बोकेको गाडी पल्टीदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् छ । जिल्लाको कपुरकोट गाउँपालिका ४ किमचौरबाट कपुरकोट बजारमा तरकारी बोकेर आउदै गरेको लु १ च ४१५३ नम्बरको पिकप गएराती १ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परि किमचौरका ६७ वर्षिया कर्नी पुनको अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए । उनकाअनुसार घाइते ६ जनालाई उपचारको लागी अञ्चल अस्पताल तुलसीपुरमा लगिएकाे छ भने केहिको अवस्था गम्भीर छ ।

घाइते हुनेहरूमा कपुरकोट गाउँपालिका -४ की ६८ वर्षिया महिनी पुन, ५३ का लोक बहादुर घर्ती, ५३ का टिकाराम घर्ती, २४ वर्षिया कृष्णा घर्ती, ४३ का तीलक पुन  र ३७ वर्षका तिलक पुन रहेका छन्

शुक्रबार कपुरकोटमा लाग्ने हाटबजारको लागी उनिहरु सबै पिकपमा तरकारी लोड गरेर राती हिडेका थिए । गाडी सडकदेखि सय मिटर तल खसेको छ भने चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको डिएसपी खतिवडाले बताए । घटनाकाे बारेमा अनुसन्धान भैरहेकाे उनकाे भनाइ छ ।

प्रकाशित मिति : २०७६ असोज १० गते शुक्रवार