• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

रक्सीले मातेका मालपाेत कार्यालय महाेत्तरीका प्रमुख प्रहरीको नियन्त्रणमा


असाेज १०, महाेत्तरी । कार्यालय समयमा रक्सी पिएर मातेका मालपोत कार्यालय महोत्तरीका प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मालपाेत प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले शुक्रबार दिउँसो कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।कार्यालय समयमा कार्यालय प्रमुख बोगटी रक्सी पिएर मातेको देखेपछि सेवाग्राहीले प्रहरीलाई खबर गरेका थिए । सेवाग्राहीकाे सूचनापछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गएको प्रहरी टोलीले प्रमुख बोगटीलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका कार्यालय प्रमुख बोगटीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको उपरीक्षक अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : २०७६ असोज १० गते शुक्रवार