• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

मालपोतका प्रमुख दिउँसै मदिरा पिएर लठ्ठिएपछि…


असाेज ११, जनकपुर । महोत्तरीस्थित भुमिसुधार तथा मालपोत कार्यालयका प्रमुख मदिरा सेवन गरेर कार्यालय आएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । मालपोत कार्यलयका प्रमुख मदिरा सेवन गरेर कार्यलयमा पुगेपछि सेवाग्राहीले हो–हल्ला गरेका थिए ।

कार्यालय समयमा अत्याधिक मदिरा सेवन गरेर लठिठएका मातेका मालपोत कार्यालयका प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले मालपोत प्रमुख बोगटीलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

फाेटाे फाइल

 

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिवार