• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

सल्यानको बागचौर नगरपालिकाबाट भुक्तानी नपाएको ठेकेदारको गुनासो !


असोज ११, सल्यान । सल्यानका एक निर्माण व्यवसायीले बागचौर नगरपालिकाको भवनको निर्माण काम सम्पन्न भैसक्दा पनि पैसा भुक्तानी नपाएको भन्दै गुनासो गरेका छन् । नेपाल निर्माण व्यवसायी संघ कर्णाली प्रदेश तदर्थ समितीका सह संयोजक समेत रहेका सल्यानका निर्माण व्यवसायी डिल्ली केसीले आफुले काम सम्पन्न गर्दापनि अन्तीम किस्ताको पैसा नपाएको बताएका छन् ।

कुल ३ करोड २९ लाखको सम्झौता अनुसार गत चैतमा काम सम्पन्न भै सबै भुक्तानी हुनुपर्नेमा कर्मचारीले आनाकानी गर्दै आफ्नो भुक्तानी रोकिदिएको उनले बताए । उनले भने, ‘भवनको काम पुर्ण भएको छैन भन्दै नगर लेखा शाखाले अन्तीम किस्ताको ४० लाख रुपैयाँ रोकिदियो, मैले पुरा रुपमा काम गरेको छैन भने कागजी रुपमा कारण देखाउनु पर्याे नी ।’

उनले आफुले पुरा काम नगरेको भए लिखित रुपमा नगरपालिकाले चिठि काट्नु पर्ने बताए । उनले भने, ‘मेरो काममा कमजोरी छैन, यदि भएको भए मलाई पुर्ण रुपमा सम्पन्न गर भनेर लिखित जवाफ दिनुपथ्र्याे तर उहाँहरुले उल्टै म सँग पैसामा बार्गिेनीङ गर्नुहुन्छ, कमजोरी कहाँ छ केहि जवाफ दिनुहहुन्न ।’

यता नगरका प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर बस्नेतले यस विषयमा इन्जिनियरलाई थाहा छ भन्दै धेरै जवाफ दिन चाहेनन् । तर उनले भवन निर्माणको पुरा काम सकेपनि पानी चुहिएको कारण भुक्तानी रोकिएको बताए ।

‘यो कुरालाई लिखित रुपमा जवाफ दिएर फेरी काम गर्न किन लगाउनुहुन्न ?’ भन्ने लेकाली अनलाइनको प्रश्नमा उनले अहिले यो विषय अनुसन्धानमै रहेको र बाँकी काम डिल्ली केसीलाई दिने वा नदिने भन्ने विषयमा छलफल हुने बताए ।

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिवार